राजनीति

मोहन वैद्यकोे प्रचण्ड र माधवलाई सुझाव : प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लागौं


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी मोओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो ।

अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न पनि सुझाव दिनुभयो । त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताउनुभएको छ ।

वैद्यले ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताउनुभयो । अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले संसदवादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्न सुझाउनुभएको छ ।