राजनीति

एमाले बैठक : एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष


काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने विषयमा भने केही निर्णय गरेको छैन । एकताका लागि आवश्यक छलफल भइरहेकाले कारवाहीका बारेमा अरु निर्णय नगरिएको प्रवक्त ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर सम्वाद भइरहेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् ।