राजनीति

कांग्रेसले पार्टीको बैठक बालुवाटारमा नगर्ने, भोलि बूढानीलकण्ठमा पदाधिकारी बैठक


काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ । कांग्रेसका नेता पूर्णबहादुर खड्काले अब पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नगर्ने जानकारी दिनुभएको छ । भोलि शुक्रवार बस्ने पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने नेता खड्काले बताउनुभएको छ ।

बिहीबार दिउँसो ट्विटरमा उहाँले लेख्नुभएको छ, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीका बैठक सरकारी निवासमा गरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै आलोचना भएको थियो ।