देश

प्रधानमन्त्री देउवालाई भेट्न धर्मगुरु बालुवाटारमा


काठमाडौँ – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार भारतीय हिन्दु धर्मगुरुले भेट गरेका छन् । भारतीय जनता पार्टीसँग निकट रहेका जगत्गुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराजले बुधबार अपरान्ह सरकारी निवास बालुवाटारमा नै पुगेर प्रधानमन्त्री देउवालाई भेट गरेका हुन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा धर्मगुरु सुर्याचार्यले कार्यकाल सफल हुने योग देखिएको बताएको स्रोतले जनाएको छ । धर्मगुरु ३ दिनअघि नेपाल भ्रमणमा आएका थिए ।

यस्तै उनले दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने पनि बताए । प्रधानमन्त्री देउवा र धर्मगुरु सुर्याचार्यबीच केहीबेर कुराकानी भएको बताइएको छ । धर्मगुरु सुर्याचार्य भारतीय जनता पार्टीसँग निकट रहेको बताइएको छ ।