राजनीति

सरकारबाट बाहिरिएपछि ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारबाट बहिर्गमन भईसकेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिने भएका छन् ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा अध्यक्ष ओली बिहीबार दिउँसो १ बजे तुलसीलाल स्मृति भवन च्यासलमा सहभागी हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी बैठक तथा निजी निवासमा हुने पार्टी भेटघाटमा सक्रिय रहे पनि अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिन लागेका हुन् ।