राजनीति

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार


माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयारकाठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गर्नुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको हो ।

कार्यदलले बुझाएको १०बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभएको छ । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अन्तिम अवस्थासम्म एकताका लागि प्रयास जारी राख्ने बताउनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठक आज दिउँसो पुनः बस्दैछ ।