राजनीति

सरकारको न्युनतम साझा कार्यक्रम तय गर्नुपर्छ : माओवादी केन्द्र


काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका न्युनतम साझा कार्यक्रम तय गर्नुपर्ने बताएको छ । गठबन्धनका तर्फबाट न्युनतम साझा कार्यक्रम तय गरिनुपर्ने माओवादी केन्द्रको भनाइ छ ।

बुधवार बसेको स्थायी कमिटी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले गठबन्धनबाट न्यनुतम साझा कार्यक्रम तय गर्दै सरकारले संविधान तथा कानुनले दिएको सीमाभित्र रहेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

न्युनतम साझा कार्यक्रम ल्याउन गठबन्धनमा रहेका दलहरूले कार्यदलसमेत बनाइसकेको र काम भइरहेको श्रेष्ठको दाबी छ ।