राजनीति

संसद पदबाट राजीनामा दिने सिंहको चेतावनी


काठमाडौँ – नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै सिंहले राजीनामाको धम्की दिएका हुन् ।

यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भइरहेको सिंहले बबताए ।

अब सभापतिलाई भेटेर राजीनामा पत्र बुझाउने तयारीमा रहेको भन्दै उनले भने, ‘कांग्रेसका लागि रात दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’