राजनीति

वीपी पथमा लाग्दा मात्रै उनीप्रति सम्मान हुने सिंहको भनाई


काठमाडौँ – वीपीको ३९ औं स्मृति दिवसमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विज्ञप्ति निकाल्दै संस्थापक नेता वीपी कोइरालाले देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा सम्मान हुने बताएका छन्। सिंहले वीपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका हुन्।

नेता सिंहले नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउन बीपीले गरेको योगदान स्मरणीय रहने उल्लेख गरेका छन्। ‘आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरे पनि कम हुन जान्छ,’ उनले भनेका छन्।

उनले मुस्लिम धर्मावलम्बीहरूलाई बकर इदका अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन्।