काठमाडौँ – सिरहामा गए राति बस दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ । जिल्लाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा यात्रुबाहक बस दुर्घटनामा परी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको हो ।
तीव्र गतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा रियारपट्टि गाँउपालिका–३ निवासी मुखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते अन्य १३ जना पनि घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गाडी दुर्घटना भएपछि भने चालक फरार रहेको छ । उनको अहिले खोजीकार्य भइरहेको प्रहरी ले जनाएको छ ।
प्रतिक्रिया