राजनीति

भीम रावललाई सुदूरपश्चिमका मन्त्री र सांसदको प्रश्न अब एमसीसीको बारे को बोल्छ ?


काठमााडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले आग्रह गरेका छन् । उनीहरु रावल निवास टोखामा नै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

आफ्नो क्षेत्रका नेता संघीय संसद्मा रहनु पर्ने र एमसीसी जस्ता विवादित विषयमा सवाल उठाउने नेता पनि चाहिने हुँदा राजीनामा फिर्ता लिनु पर्ने प्रदेशसभा सदस्यहरू बताएका छन् । उनीहरुले भने ‘सुदूरपश्चिमको अभिभावक, सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहन पर्छ । एमसीसी, कालापानीलगायतका सवाल कसले उठाउँछ रु भनेर हामीले भन्यौं,’ उनले भने, ‘समग्र सुदूरपश्चिमकै लागि पनि राजीनामा फिर्ता लिनुपर्छ भनेर आग्रह ग¥यौं ।’ रावललाई भेट्न प्रदेशकी कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्कालगायत १३ जना पुगेका थिए ।

भेटमा रावलले प्रदेशका साथीहरूको चासो र चिन्ता स्वभाविकै भएको तर, आफू अकारण राजीनामा भने नदिएको बताएका थिए । ‘पार्टीलाई एक बनाउन काम गरेको हुँ, कार्यदलमा संयोजकको इमान्दारितापूर्वक भूमिका निर्वाह गरेँ,’ रावललाई उद्धृत गर्दै मन्त्री शाहले भने, ‘अनैतिक राजनीतिमा लाग्नुभन्दा अलग हुन्छु भनेर राजीनामा दिएको हुँ । सबै साथीहरूको दबाब आएको छ, पुनर्विचार गर्ने कि नगर्ने निर्णयमा पुग्न सकेको छैन । हेरौं के हुन्छ ।’