राजनीति

नेपालले बोलाए स्थायी कमिटी बैठक


काठमाडौँ – एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाउनुभएको छ । मंगलबार आफूपक्षीय सांसदसँग छलफल गरेपछि नेपालले आज स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमालेले कारबाहीको तयारी थालेको छ । देउवालाई विश्वासको मत दिनेमा ८ जना पार्टी अध्यक्ष केपी ओली निकटका थिए । नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेका थिए । संसद् जोगाउने एउटा कोर्ष सकिएकाले पार्टी अध्यक्ष ओलीलाई सुधार्न कोसिस गर्नुपर्ने निष्कर्ष नेपाल समूहले निकालेको छ ।

पार्टीमा ओली प्रवृत्तिको अन्त्य गर्न सक्ने अवस्था नभए नयाँ पार्टी गठन गरेर अघि बढ्ने योजना नेपाल पक्षको छ । गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म जारी रहेको छ ।