राजनीति

प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उहाँको निवास पुग्नुभएको छ । प्रचण्डलाई भेट्न देउवा करिब पाँच बजे खुमलटार पुग्नुभएको हो । स्रोतका अनुसार खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको छ ।

यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो । भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीतिक घटनामाक्रमबारे छलफल भएको बुझिएको छ ।