राजनीति

विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न महन्थ ठाकुर पक्षद्वारा प्रधानमन्त्रीसँग माग


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।