राजनीति

सांसद गगन थापा देउवालाई विश्वासको मत दिन हेलिकोप्टरमार्फत काठमाडौँ आए


काठमाडौँ – कांग्रेस सांसद गगन थापा तनहुँमा आएको पहिरोका कारण अलपत्र परेपछि हेलिकप्टरमार्फत् काठमाडौँ फर्किनुभएको छ । सरकारले विश्वासको मत लिने निर्णय गरेपछि दुईदिनदेखि पोखरामा रहेका सांसद थापा स्थलमार्ग हुँदै काठमाडौँ फर्किने क्रममा तनहुँको दमौलीभन्दा अघि पहिरो आएपछि सांसद थापा संसद बैठकमा सहभागी हुनका लागि हेलिकप्टरमार्फत् काठमाडौँ आउनुभएको हो ।

नेता थापाले विहान ११ बजे काठमाडौँ फर्कन खोजेपनि पोखराको मौसम खराबका कारण स्थलमार्ग हुँदै काठमाडौँ आउन खोजेको भएपनि सडक अवरुद्ध भएका कारण हेलिकप्टरबाट काठमाडौँ फर्केको जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसद्मा विश्वासको मत लिदै हुनुहुन्छ ।