राजनीति

विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने देउवाको अडान


काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती नसच्चिएसम्म शपथ नलिने अडान लिएपछि शपथ ग्रहण अझै ढिलाई भएको छ ।

मंगलबार राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पत्र पठाएको थियो । तर, सो शब्दमा संविधानको धारा उल्लेख गरिएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्न मुख्यसचिव शंकरदास बैरागीलाई आग्रह गरेका थिए । ६ बजेको लागि तय भएको शपथ सोही कारण ढिलाई भएको हो ।