देश

दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबारमा संलग्न चिनिया गिरोह प्रहरीद्वारा पक्राउ


काठमाडौँ – दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्र चिनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनिया नागरिकहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनिया नागरिकहरुले दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाईरहेको अबस्थामा चार जना चिनिया नागरीकलाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका चिनिया नागरिकहरुको प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान कार्य भईरहेको बताएको छ ।

त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ३ (तिन) जनालाई पनि सार्वजनिक गरेको छ ।