राजनीति

विमलेन्द्र निधि र शेखर कोइरालाबीच भेटवार्ता


काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी निधि र कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । निधि निवास मध्यवानेश्वरमा दुई नेताबीच आसन्न महाविधेशनका बारेमा छलफल भएको ती नेता निकट स्रोतले बताएको छ ।

संस्थापन समूहमा रहेका उपसभापति निधिले सभापतिका आकांक्षी नेताहरुलाई भेटेर सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् । उनले कांग्रेसमा चर्चामा रहेका सबै सभापतिका आकांक्षीसँग छलफल गरिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर उनले १४ औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।