देश

सेनाद्वारा प्रहरीलाई १० हजारभन्दा बढी हतियार प्रदान


काठमाडौँ – नेपाली सेनाले नेपाल प्रहरीलाई हतियार उपलब्ध गराउने भएको छ । सेनाले आफूसँग भएका १० हजारभन्दा धेरै हतियार प्रहरीलाई दिन लागेको हो ।

सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई हतियार, एम्युनिशन तथा सम्बद्ध सामग्री हस्तान्तरण गरेसँगै यसको सुरुवात भएको सैनिक प्रवक्ता, सहायकरथी सन्तोषबल्लभ पौडेल जनाएको छ ।

सैनिक प्रवक्ता पौडेलले भने, ‘नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा बढी हतियार प्रदान गर्ने कार्यक्रम रहेको छ।’ हस्तान्तरण गरिएका हतियारमा इन्सास राइफल, एसएलआरलगायत छन्।