राजनीति

प्रतिनिधि सभा विघटन सम्बन्धि जारी बहस आज सकिँदै


काठमाडौँ – प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिँदै छ । रिट निवेदक पक्षका अधिवक्ताले आइतबार सुरु गरेको जवाफी बहस आज सकिने छ ।

उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये आज दुई घन्टा बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन् । जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ । त्यसका लागि २ घण्टा समय तोकिएको छ ।

त्यसपछि फैसला प्रक्रिया अघि बढ्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।