राजनीति

मेक्सिकोको गैरआवासीय नेपाली राजदूतमा डा. खतिवडा


काठमाडौँ – अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा मेक्सिकोकालागि समेत गैर आवासीय राजदूतमा नियुक्त हुनुभएको छ । डा. खतिवडालाई मेक्सिकोका लागि जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले यसअघि पनि असार ७ गते राजदूत डा. खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूतमा समेत नियुक्त गर्नुभएको थियो ।