विदेश

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटना, १७ जनाको शव फेला


काठमाडौँ – फिलिपिन्सको दक्षिणी भागमा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ ।
८५ जना सवार विमान दुर्घटनाग्रस्त भएको हो । वायुसेना प्रमुखका अनुसार सी–१३० विमानको जलिरहेको अवशेषबाट ४० जनाको उद्धार गरिएको छ भने विमानमा सवार १७ जनाको शव फेला परेको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले जानकारी दिएका छन् ।