राजनीति

एमाले दोस्रो तहका नेताहरू पार्टी एकताको पक्षमा सक्रिय


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले संस्थापन पक्षका नेताहरूले भेटेर सर्वोच्चमा पेश गरिएका हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।


अर्थमन्त्री समेत रहेका एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । भेटका क्रममा नेपाललाई भेटेर सहमति गर्न आफूहरूले आग्रह गरेको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । जवाफमा नेता नेपालले साथीहरूसँग छलफल गरेर जवाफ दिने बताउनुभएको थियो ।


देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गरेर पार्टी एकताको सन्देश दिन नेपालसँग संस्थापन पक्षका नेताहरुले आग्रह गरेका थिए । तर नेपाल पक्षले भने पूर्ववत् अडानमा कायम रहँदै हस्ताक्षर फिर्ता नगर्ने बताउदै आएको छ ।