विदेश

आप्रवासी चढेको डुंगा भू-मध्य सागरमा डुब्दा ४३ जनाको मृत्यु


काठमाडौँ – आप्रवासी चढेको एउटा डुंगा भू-मध्य सागरमा डुब्दा ४३ जनाको मृत्यु भएको छ । युरोप जान लागेका आप्रवासी सवार डुंगा समुन्द्रमा डुबेको हो ।

८४ जनाको भने सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् । लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेका यात्रु सवार डुंगा ट्युनिसियाको सीमा नजिकै समुन्द्रमा डुबेका बीबीसीले जनाएको छ ।

डुंगामा इजिप्ट, सुडान, बङ्गलादेशसहितका देशका नागरिक सवार थिए । डुंगा डुब्नुको कारण खुलेको छैन ।