राजनीति

आज पनि ओली र नेपालबीच टेलिफोन वार्ता


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार दिउँसो टेलिफोन संवाद भएको छ ।

गत बिहीबार राति पनि दुई नेताबीच संवाद भएको स्रोतको जनाएको छ । सो फोनवार्तामा नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए । तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् ।

अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिएका थिए ।