देश

सर्लाहीमा निर्माणाधिन पुल भास्सियो


काठमाडौँ – सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भास्सिएको छ । उक्त पक्की पुल मंगलबार राति आएको सामान्य बाढीको कारण भासिएको हो ।


संघीय सरकारको रु १२ करोडको लगानीमा आर्थिक वर्ष २०७५/७६ बाट निर्माण शुरु भएको उक्त पक्की पुलमा भर्खरै ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा मंगलबार राति आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ । पुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताउनु भयो ।


उक्त पुलको आर्थिक वर्ष २०७५/७६ बाट निर्माण शुरु गरि चालु आ.व मा निर्माण सम्पन्न गर्ने गरि पप्पु एण्ड शिवशंकर(जेभि)ले ठेक्का लिएको थियो । पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएका अवस्थामा भासिंदा करिब २ करोड रुपैया घाटा लागेको निर्माण कम्पनीले बताएको छ ।