राजनीति

खनाल, नेपाललगायत ११ जनालाई गरिएको कारबाही फिर्ता


काठमाडौँ – नेकपा (एमालें)का वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत ११ जनालाई गरिएको कारबाही फिर्ता गरिएको छ । नेता प्रदीप ज्ञवालीका अनुसार बुधवार बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरण, नेताहरुमाथि गरिएको कारबाही फिर्तालगायत निर्णय गरेको हो ।

खनाल, नेपाललगायत ११ नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको थियो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक काठमाडौँमा यही असार १८ गतेका लागि आह्वान गरिएको छ ।