राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा बुधबार पनि सुनुवाइ जारी



काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा बुधबार पनि सुनुवाइ जारी छ । अहिले रिट निवेदकका विपक्षी अर्थात् सरकारको पक्षबाट प्रतिरक्षा बहस चलिरहेको छ ।

बुधबारको सुनुवाइ सुरु भएको छ । सुरुमा सह महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सरकारको पक्षबाट बहस गरिरहेका छन् । सोमबारबाट विपक्षीको बहस सुरु भएको थियो । सोमबार महान्याधिवक्ता एक्लैले बहस गरेका थिए ।

मंगलबार संवैधानिक इजलासमा सरकार पक्षबाट ३ नायब महान्यायाधिवक्ताले बहस गरे । मंगलबार बहसको सुरुवात नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले गरेका थिए । अन्य दुई नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र श्याम कुमार भट्टराईले सरकारको प्रतिरक्षामा बहस गरे ।

सरकारी पक्षले बहसका लागि महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलका लागि साढे ७ घण्टा र निजी वकिलका लागि साढे ७ घण्टाको समय छुट्याएका छन् ।