समाचार

बाढीले डाइभर्सन बगाएपछि बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध


काठमाडौँ –अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ ।

गएराति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरास्थित डाइभर्सन बगाएको हो । कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

अवरुद्ध सडक संचालनमा आउन समय लाग्ने प्रहरीले बताएको छ ।