विदेश

विवाह गरेकै बिर्सिएर श्रीमतीसँग दोस्रोपटक विवाह !


काठमाडौँ – अमेरिकामा एक जोडीले दोस्रोपटक विवाह गरेका छन् । ५६ वर्षका पिटर तीन वर्ष अगाडि मात्र बिर्सने रोग अज्लाइमरबाट पीडित बनेका थिए । त्यसपछि उनले लिजा मार्सलसँग १२ वर्ष अगाडि विवाह गरेकै बिर्सिए ।

तर लिजा भने श्रीमानको हेरचाह गर्छिन्। हरेक समय उनको सेवामा रहँदै आएकी छिन् । गत डिसेम्बरमा जब उनीहरु आफ्नो मनपर्ने टीभी कार्यक्रम हेरिरहेका थिए, पिटरले लिजालाई अचानक विवाहको प्रस्ताव राखे ।

पिटरले यो बिर्सिसकेका थिए कि उनीहरुले विवाह गरेका थिए । श्रीमानबाट विवाहको प्रस्ताव आएपछि लिजा निकै हर्षित भइन् ।

उनले आँखाभरी आँशु पार्दै विवाह गरौं भनेर सहमति जनाइन् । उनीहरु एक हुँदा हुँदै पनि दोस्रोपटक प्रेममा परे। यतिबेला उनीहरुले दोस्रोपटक विवाह गरिसकेका छन् ।

श्रीमानबाट छुट्टिने होकि भन्ने चिन्ता भएकी लिजा यतिबेला श्रीमानको नयाँ माया पाएर हर्षित छिन् ।

लिजालाई पिटरले फेरि बिर्सिन्छन् भन्ने चिन्ता अवश्य छ। तर उनी भन्छिन्,‘जीवन समाप्त नभएसम्म हामी एक हुनेछौं । हामीलाई कसैले अलग्याउन सक्दैन ।’

तर ५४ वर्षकी लिजा सीएनएनसँग कहिलेकाँही आफ्नो मन दुख्ने बताउँछिन् । उनी भन्छिन्,‘हामीले नयाँ सम्झनलायक क्षण विताएका छौं । तर म उनलाई पुराना याद दिलाउन चाहन्छु । त्यो पल सम्झिन्छौ ? भनेर सोध्न चाहन्छु । यद्यपी पिटरले पुराना याद बिर्सिसके ।’