प्रदेश नं. २

प्रदेश नं १ को बजेट अधिवेशन बैठक स्थगित


काठमाडौँ – प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक आज पनि स्थगित भएको छ ।

निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी केन्द्र समर्थक सांसदले उभिएर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि प्रतिपक्ष सांसदले नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।