राजनीति

चाक्सीबारीमा छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान


काठमाडौँ – कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा शीर्ष नेताहरुको भेटघाट र छलफलले तिव्रता पाउन थालेको छ । कांग्रसका धेरै नेताहरु यस १४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको छ ।

त्यसै विषयमा छलफल गर्न तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल भएको छ । यो उनीहरुको तेस्रो पटकको छलफल हो । यस अघि असार आठ मंगलवार निधिको निवासमा यीनै तीन नेताका बीच छलफल भएको थियो ।

तीनै नेताहरु कांग्रेसका दोस्रो पुस्ताका हुन् । महाधिवेशनमा नेतृत्वको दाबी गर्दै आएका तीन नेताहरुले यसअघि निधि निवास र कोइराला निवासमा छलफल गरिसकेका छन् ।

महाधिवेशनमा साझा उम्मेदवार बन्न प्रयास स्वरुप छलफल भइरहेको नेताहरु बताउँछन् । भदौ दोस्रो साता कांग्रेस महाधिवेशन तय भएको छ ।