राजनीति

सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बस्ने बैठकले महाधिवेशन आयोजक कमिटी बैठकका एजेन्डा तय गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार बोलाएको छ ।

महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी रहेको छ ।