समाचार

एनआइसी एसियाको स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेसनल लाइफ इन्सुरेन्सको सेयर पुनः लिलामीमा


काठमाडौँ – एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको गरी कुल ३ लाख ७६ हजार ३६५ कित्ता संस्थापक सेयर आज बाट लिलामी बिक्री खुला गरेको छ ।

जसमा नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ र नेसनल लाइफ इन्सुरेन्सको २५ हजार ९९६ कित्ता सेयर रहेको छ । यसमा असार २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । यसअघि पटकपटक लिलामी बिक्री खृुला गर्दा पनि आवेदन नपरेपछि मंगलबारदेखि पुनः लिलामीमा ल्याएको हो । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १२०० रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४१० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।