राजनीति

सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्यो : वामदेव गौतम


काठमाडौँ – नेकपा एमालेका नेता तथा उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पारेको बताउनुभएको छ ।

आज असार १५ गते धान दिवसको अवसरमा शुभकामना दिँदै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको बताउनुभएको हो ।

सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूचीसंशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारविहीन बनाउन लागेको आरोप लगाउनुभएको हो ।