समाचार

स्विट्जरल्यान्ड र स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश


काठमाडौँ – स्विट्जरल्यान्ड र स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्स र क्रोएसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् । साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । तीन पटकको च्याम्पियन स्पेन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।