राजनीति

संसद् पुन:स्थापना हुन्छ भनेर ढुक्क हुने अवस्था छैन : प्रचण्ड



काठमाडौँ – पछिल्लो राजनीतिक घटनाक्रम हेर्ने हो भने संसद् पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार आयोजिति बुद्धिजीवीहरुसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए ।

तर सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद् पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’

संसद् पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने प्रचण्डले बताए । तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले खबरदारी गरिराख्न आग्रह गरे ।