देश

एटीएम बुथ तोडफोड गर्ने दुई जना पक्राउ


काठमाडौँ – मोरङमा एनआइसी एसिया बैंकको एटीएम बुथ तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित सरस्वती खड्काको घरमा रहेको एटीएम बुथमा तोडफोड गरिरहेको अबस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–९ का २४ बर्षीय मोहम्मद ईम्तियाज र २५ बर्षीय मोहम्मद अनिष हुसेन रहेका छन्।

विभिन्न हाते औजारहरु प्रयोग गरेर एटीएम बुथ तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ३ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो।

हाते औजारसहित पक्राउ परेका उनीविरुद्ध चोरी उद्योग कसूरमा थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।