राजनीति

माधव नेपाल विनाको एमाले बनाउदैँ ओली


काठमाडौँ – सत्तारुढ नेकपाएमालेले दशौँ महाधिवेशनआयोजक कमिटीको बैठक बोलाएको छ । अदालतले खारेज गरिदिएको सो कमिटिको बैठक आह्वानभएसंगै ओलीपक्ष नेपालविहिनएमाले निर्माणमा लागेको हो ? भन्ने प्रश्न सतहमाआएको छ । यो बीचमा नेपालपक्षले विपक्षी गठबन्धनलाई धोकानदिने बताएकाकारण पनि यस्तो आंकलन सुरु भएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपाएमाले स्थायी कमिटी बैठकले १०औँ राष्ट्रिय महाधिवेशनआयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेका छ । यस अघि सर्बोच्चअदातलले सो कमिटीलाई खारेज गरिदिएको भएपनिएमालेलेअसार १६ गतेलाई बैठक आह्वान गरेको हो । राष्ट्रिय राजनीतिका सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले महाधिवेशनआयोजक कमिटीको बैठक बोलाउनुपरेको ओलीपक्षको भनाइछ । आइतबारको स्थायी कमिटिी बैठकले पार्टी सदस्यतानविकरणको कामलाई तिव्रतादिनमातहतका कमिटीलाई निर्देशनदिएको छ । जसलाई धेरैले असन्तुष्ट माधव नेपालपक्षलाई किनारा लगाउने तयारीका रुपमा हेरेका छन् । तर ओलीपक्षका नेताहरुभने एमालेलाई एकताबद्ध बनाउन हरसम्भवप्रयास भैरहेको दाबी गर्छन् । बरु माधव नेपालपक्षधर पार्टीलाई विभाजितगर्ने र प्रधानमन्त्रीओली नेतृत्वको सरकार गिराउनलागेको उनीहरुको तर्क छ । नेपालपक्षएकताको पक्षमा नरहेको ओली समूहकोे जिकिर छ । फलतमाधव नेपाल सहितको एमाले बन्ने सम्भावना टर्दै गएकोहो भन्ने सवाल खडा भएको छ । तर आशाभने नमारेको ओलीपक्षीय नेताहरुको भनाइ छ ।

यो बीचमा नेपालपक्षले मिलनबिन्दु हुनसक्ने मानेको अदालतको फैसला विरुद्धओलीपक्षपुनरावलोकनमागएको छ । त्यस्तै कित्ताक्लियर गर्न माधव नेपाललाई ओलीले दिएको अल्टिमेटमनेपालले लत्याई दिएका छन् । यसबाट दुबैपक्षआफ्नो गल्ती स्वीकार्न तयार नभएको देखिन्छ । ओलीले गतशुक्रबारसम्मको अल्टिमेटम दिइएकोमानेपाललेविपक्षी गठबन्धलाई धोकानदिने प्रतिवद्धता जनाएसँगै ओलीपक्षथप रुष्ठ बनेको छ । आफूलाई प्रधानमन्त्रीको अफर आएपनिप्रधानमन्त्री केपीओलीसँगनमिल्ने नेपालको भनाई छ। ओलीको तानाशाही कदमविरुद्ध लड्न आफूहरु विद्रोहीबनेको नेपालले बताए । यतिमात्र हैन गल्ती स्वीकार गरेर आएओलीलाई स्वागतगर्न सकिने नेता नेपालको भनाइ छ ।

ओलीले यस अघि नै नेपालाई भन्दाउनीपक्षीयनेताहरुलाई फकाउने प्रयत्न गरेकाथिए । ती नेताहरुलाई व्यक्तिगत रुपमा भेट्ने तथाआकर्षकमन्त्रालयको प्रलोभन देखाउने गरेको खबरहरु बाहिरिएकाथिए। लगत्तै योगेश भट्टराई लगायतका केहि नेताले पार्टी विभाजनभए नेपालपक्षमानलाग्ने उद्घोष नै गरे । यतानेपालले पनियो बीचमादोहोरो चरित्र देखाँउदै आएका छन् । एकताकालागिओलीले गरेको प्रयासलाई उनले जालझेल भन्दा बढि मान्नतयार भएनन् । एकातर्फएकताको पक्षमा रहेको बताउने उनले ओलीलाई अस्वीकार गरेर अघि बढ्ने गतिविधिगरिरहेका छन् । यसरी ठोस परिणाम पनिनदिने तथावारपार पनिनहुने स्थितीमा रहेकोएमालेमालामै समयदेखि दुईपार्टी अभ्यास जारी छ । यहिविकसित घटनाक्रममा ओलीपक्षले दशौ महाधिवेशन समितिको बैठक बोलाएपछि नेपालरहितएमाले बनाउनओलीपक्षकस्सिएको विश्लेषण सुरु भएको हो ।