कोरोना विशेष

सहकर्मीलाई चुम्वन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्यमन्त्रीको पद गयो


काठमाडौँ – एक सहकर्मीलाई चुम्वन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्यमन्त्रीको पद गएको छ । कोरोनाविरुद्धको नियम तोड्दै चुम्बन गरेका स्वास्थ्यमन्त्री म्याट ह्यानककले चौतर्फी दबाब बढेपछि राजीनामा दिएका हुन् । उनले भौतिक दूरीको नियम तोड्दै ह्यानककले आफ्नी एक सहकर्मीलाई चुम्बन गरेका थिए ।

ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेको थियो । प्रधानमन्त्री बोरिस जोनसनले भने राजीनामा पत्र लिदै आफू ’दुःखी’ भएको बताएको छ । नयाँ स्वास्थ्यमन्त्रीमा भने पूर्व अर्थमन्त्री शजिद जावेदलाई ल्याइएको छ । ह्यानककले आफैले बनाएको नियम पालना गर्नु आफूहरुको कर्तव्य भन्दै माफी माग्दै राजीनामा दिनुभएको हो ।