देश

राजधानीमा प्रहरीको आफन्त असुरक्षित, आठ वर्षीया बालिकामाथि बलत्कारको प्रयास


काठमाडौँ – राजधानीको न्युरोडमा पूर्व प्रहरी हवल्दारकी छोरी ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । शनिबार दिउँसो दुई बजे खालीस्थानमा रोकिराखेको गाडीको आडमा बालिकालाई जबर्जस्ती गरेको थियो ।


जबरजस्ती गर्ने धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तामाङले खेलिरहेकी ती बालिकालाई धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा लगेर बलात्कार गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए।

‘बलात्कार गरिरहेको भन्दा प्रयास भइरहेको अवस्था रहेछ। तर घटनाको प्रकृति हेर्दा बलात्कारकै दायरामा आउने भएकाले हामीले जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेका छौँ’, महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख डिलबहादुर मल्लले बताए । प्रहरीका अनुसार तामाङले घटनाका बेला मादक पदार्थ सेवन गरेका थिए। ‘उनलाई यसअघि पनि पटकपटक पक्राउ गरि सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेका थियौँ। तामाङ लागु ‍औषध सेवनकर्ता पनि हुन्’,।

पीडित परिवार धर्मपथमा डेरा गरी बस्दै आएका छन्।