समाचार

सुनसरीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते


काठमाडौँ – सुनसरीको कोसी गाउँपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान पौने ८ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल इनरुवा उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ वर्षीय नारायण बत्स्यालको विराट नर्सिङहोममा उपचार भइरहेको छ ।