राजनीति

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटी बैठक


काठमाडौँ – नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौँमा बस्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

‘समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा बैठक राखिएको छ,’ । पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ ।

बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको थियो । जनता र कार्यकर्ताको चाहनाअनुसार नेता नेपालको क्रियाकलाप मेल नखाएको ज्ञवालीले बताउनुभयो ।