समाचार

जंगली हात्तीले भत्कायो सातवटा घर



काठमाडौँ – महोत्तरीको गौशालामा गएराति जंगली हात्तीले सातवटा घर भत्काएको छ । गौशाला नगरपालिका १० स्थित मराहा खोला छेउको बडर्वा टोलमा जंगली हात्तीले ७ वटा घर भत्काएको हो।

राति करिब १० बजे बस्तीमा प्रवेश गरेको एउटा हात्तीले स्थानीय केशव बहादु सिजाली, मानबहादुर विश्वकर्मा, मंगल बहादुर विश्वकर्मा, धन बहादुर खड्का, बिना माया बस्नेत, प्रदीप खड्का र रेशम बहादुर खड्काको घर भत्काएको हो।

हात्तीले घर भत्काउन थालेपछि स्थानीयले भागेर ज्यान बचाएका थिए। विगत केही दिनदेखि गौशाला क्षेत्रमा जंगली हात्तीको आतंकले त्रास फैलिएको छ।