राजनीति

प्रतिनिधि सभा विघटन : आज रिट निवेदक पक्षको बहस सकिने


काठमाडौँ – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज ९आइतबार० रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुको बहस आज सकिँदैछ । रिट निवेदकतर्फका कानुन व्यवसायीहरुलाई शुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।

निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।

सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।