राजनीति

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । नेताहरुका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई भने खवर गरिएको छैन ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ । नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।