राजनीति

कांग्रेसमा सभापतिको भिडन्त, देउवा–पौडेललाई नदिने नेताहरुको तयारी

???????????????????????? ?????? ?????????????????? ???????????? ??????????????????????????? ????????????????????? ??????????????????????????? ??????????????????????????? ?????????????????????????????? ???????????? ?????? ????????????????????? ????????? ???

योहो संवाददाता

काठमाडौँ – १४ औं महाधिवेशन नजिकिएसंगै नेपाली कांग्रेसमा नेतृत्वका लागि दौडधुप शुरु भएको छ । नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अघि सरेका छन् । तर दोस्रो तहका नेताहरुले पनि नछाडने मनशाय देखाएपछि देउवा–पौडेललाई समस्या पर्ने देखिन्छ ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले नेतृत्वमा पुनः आकंक्षा देखाएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत सभापति नछाड्ने पक्षमा छन् ।पार्टीभित्र दुई समुहको नेतृत्व गरिरहेको दुई नेताले सभापतिको घोषणा गरेर अघि बढीरहेका बेला दोस्रो तहका नेताहरु पनि सभापतिका लागि जोडतोडले लागेपछि देउवा–पौडेल समस्यामा छन् ।संस्थापन पक्षमै रहेका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिरहेका बेला देउवाले पुनः दोहोरिनेआकांक्षा राखेपछि नयाँ समीकरण शुरु भएको छ ।संस्थापनइतर पक्षबाट महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला पनि आकांक्षी छन् । निधि, कोइराला र सिंहबीच शुक्रबार दोस्रोपटक नयाँ समीकरणबारे छलफल समेत भएको थियो ।

शुक्रबार नै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठक नै बोलाएका थिए । नेताहरुसंग आफ्नो सभापति बन्ने इच्छा भएको भन्दै सहयोगको हात फिँजाएपनि नेतृत्वमा कसलाई अघि सारेर जाने भन्ने विषयमा सहमति हुन सकेन । वरिष्ठ नेता पौडेलसहित चारजना एउटै समुहबाट आकांक्षी बन्दा यहीँभित्र फरक समीकरण बन्ने खतरा बढेको छ ।

कांग्रेसको भावी नेतृत्वका लागि दर्जन बढी नेता आकांक्षी देखिएका छन्, तर अहिलेसम्म कसैले पनि पार्टी निर्माणबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छैनन् । तर सकभर देउवा–पौडेललाई नेतृत्वमा आउन नदिन दोस्रो तहका नेताहरु क्रियाशिल देखिन्छ ।यद्यपी असन्तुष्टलाई फकाएर भएपनि सभापतिमा देउवालाई दोहो¥याउने संस्थापन पक्षका नेताहरुको तयारी जारी छ ।

आगामी भदौं १६ देखि १९ सम्म महाधिवेशनको कार्यतालिका तय भएको कांग्रेसमा दोस्रो तहका नेताले साथ नदिए देउवा र पौडेलको आकंक्षा पुरा हुने देखिदैन । किनकि देउवा पक्षका निधि र पौडेल पक्षका सिंह र कोइराला फरक समीकरण बनाएर जाने गरी अघि बढेका छन् ।यसर्थ कुनै खाले सहमति नभए आफ्नै पक्षका नेता भारी हुँदा सभापति हुने देउवा–पौडेलको योजनामाथि तुषरापात हुने देखिन्छ ।