देश

टीकापुर र राजापुर जोड्ने सत्ती पुल भासियो


काठमाडौँ – कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ ।

हुलाकी राजमार्गअन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएको स्थानमा मर्मतको प्रयास भइरहेको बताए ।

कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भइरहेको स्थानीय भीम विकले जानकारी दिए ।

पुल निर्माण भएसँगै राजापुर क्षेत्रको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको भए पनि यसको दीर्घकालीन उपाय अवलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।