विदेश

चीन र रुसका राष्ट्रपतिबीच भेटवार्ता हुने



काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ ।
आउँदो सोमवार भिडियोको माध्यमबाट उनीहरुबीच वार्ता हुन लागेको चीनको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । जी सेभेनमा चीनको बढ्दो प्रभाव नियन्त्रणका बारेमा छलफल भएको र रुसका राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेको केही समयमा हुन लागेको यस वार्तालाई महत्त्वका साथ हेरिएको छ ।