समाचार

चरित्र हत्या गर्ने नौ अनलाईनविरुद्ध रुपाको उजुरी


काठमाडौँ – सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नो भ्रम फैलाउने ९ अनलाइनविरुद्ध उनले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् ।
जातीय दुव्र्यवहार भएपछि न्याय माग्दा आफूमाथि विभिन्न अनलाइनहरूले कसैबाट परिचालन भएको बताउँदै भ्रामक समाचार लेखेको उनले बताएकी छन् । नेपाल पाना नमाक अनलाइनले रुपामाथि युरोपियन युनियन ९ईयू० बाट डेढ करोड रुपैयाँ रकमा खाएको आरोप लगाएको छ ।
उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रुपमा उजुरी दिएका छन् ।